You are viewing the translated version of विषय समिति.
Section 20
विषय समिति
(१) विद्या परिषद्को काम कारबाहीलाई सघाउ पुरयाउन प्रत्येक शिक्षण विभागमा एक विषय समिति रहनेछ। स्पष्टीकरण: यस दफा र दफा २१ को प्रयोजनको लागि “शिक्षण विभाग” भन्नाले विधागत रूपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय निकायलाई सम्झनु पर्छ।
(२) विषय समितिको गठन देहाय बमोजिम हुनेछः- (क) प्रमुख, शिक्षण विभाग - संयोजक
(ख) शिक्षकहरू मध्ये दुईजना - सदस्य
(ग) अन्य विश्वविद्यालयका सम्बन्धित विषयका शिक्षकहरू मध्ये दुईजना -सदस्य
(३) उपदफा (२) को खण्ड (ख) र (ग) बमोजिमका सदस्यहरूको मनोनयन सम्बन्धित शिक्षण विभाग प्रमुखको सिफारिसमा डीनले गर्नेछ।
(४) उपदफा (३) बमोजिमका सदस्यको पदावधि दुई वर्षको हुनेछ र निजको पुनः मनोनयन हुन सक्नेछ।
(५) विषय समितिको बैठक सम्बन्धी कार्यविधि विषय समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।